Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रदेशस्तरमै सुरक्षा कमान्ड र निर्वाचन सेल गठन गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

प्रदेशस्तरमै सुरक्षा कमान्ड र निर्वाचन सेल गठन गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले प्रदेशस्तरमै निर्वाचन सुरक्षा कमान्ड र निर्वाचन सेल गठन गर्ने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो महत्वपूर्ण निर्णय गरेको हो ।

बैठकले मुलुकको पछिल्लो सुरक्षा अवस्था, चारवटै सुरक्षा निकायबाट प्राप्त चुनौतीहरूको प्रस्तुति, छलफल र विश्लेषण गर्दै निर्वाचनलाई स्वच्छ, निस्पक्ष, भयरहित र व्यवस्थित वातावरणमा सम्पन्न गर्ने तयारीलाई प्राथमिकतामा राखिएको जनाएको छ।

सभा सदस्य निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना–२०८२ चारवटै सुरक्षा निकाय—नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान—सहित सबै जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको र हाल कार्यान्वयन चरणमा रहेको बैठकले स्पष्ट गरेको छ।

यो योजनाले विगतका निर्वाचनका अनुभव र सिकाइलाई आधार बनाउँदै संवेदनशील स्थान पहिचान, सुरक्षा जोखिम मूल्याङ्कन, परिचालन रणनीति र आकस्मिक प्रतिक्रिया प्रणालीलाई मजबुत बनाएको बताइएको छ।

निर्वाचन सुरक्षा योजना अनुसार प्रदेश प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्थित सबै सुरक्षा निकायका प्रमुख, आन्तरिक मामिलाका सचिव तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत सहभागी हुने गरी प्रदेश सुरक्षा कमान्ड पोष्ट तथा निर्वाचन सेल गठन गर्ने व्यवस्था छ।

केन्द्रीय सुरक्षा समितिले सबै प्रदेश प्रमुख सचिवलाई यसैअनुसार कमान्ड पोष्ट तथा निर्वाचन सेल गठन गरी निर्वाचन सुरक्षामा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत निर्देशन दिने निर्णय गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077