काठमाडौं । केन्द्रीय सुरक्षा समितिको नियमित बैठक बसेको छ ।
बैठक सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको हो।
बैठकमा निर्वाचन सुरक्षा व्यवस्थापन मुख्य एजेन्डाका रुपमा रहेको छ ।
यस्तै देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन र सुरक्षा रणनीतिबारे छलफल हुनेछ ।
बैठकमा गृहमन्त्री, गृहसचिव र तीन ओटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।