Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

केन्द्रीय सुरक्षा समितिको बैठक: निर्वाचन सुरक्षालाई सुदृढ बनाइने, सामाजिक सञ्जाल दुरुपयोगमा कडाइ

केन्द्रीय सुरक्षा समितिको बैठक: निर्वाचन सुरक्षालाई सुदृढ बनाइने, सामाजिक सञ्जाल दुरुपयोगमा कडाइ

बुधवार , माघ ७, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै त्यसबारे सुरक्षा रणनीति बनाउन बुधबार गृह मन्त्रालयमा बैठक आयोजना गरिएको थियो।

बैठकमा गृहमन्त्री, गृह तथा रक्षा सचिव, चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।

बैठकमा चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षा योजनाअनुसार गरेका तयारीबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरेका थिए।

यस क्रममा बैठकमा राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचार–प्रसार र निर्वाचन अभियानलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सबै जिल्ला सुरक्षा समितिलाई आवश्यक निर्देशन दिने निर्णय गरिएको छ। त्यसैगरी निर्वाचन प्रचार–प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न निगरानीलाई प्रभावकारी बनाइने र गैरकानुनी गतिविधि देखिए कडाइका साथ कारबाही गरिने निर्णय पनि बैठकले गरेको छ।

समितिले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन सबै सुरक्षा निकायबीचको सहकार्यलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

साथै बैठकमा केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम सम्बन्धित निकायहरूले सम्पादन गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीका योजनाबारे विस्तृत समीक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077