Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरवारमा, यस्ता छन् छलफलका एजेण्डा

केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरवारमा, यस्ता छन् छलफलका एजेण्डा

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ।

सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्रीको ओमप्रकास अर्यालको अध्यक्षतामा बसेको बैठक केहिबेर अघिदेखि सुरु भएको हो ।

बैठकमा केन्द्रीय सुरक्षा निकायका पदाधिकारीहरू, सात वटै प्रदेशका प्रमुख सचिवहरू (प्रदेश कमाण्ड पोस्टमार्फत) तथा चारवटै सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको छ।

बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन तथा आसन्न निर्वाचनको तयारी अवस्थाबारे छलफल भइरहेको जनाइएको छ।

निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने विषयमा सुरक्षा तयारी, समन्वय तथा कार्ययोजनाको समीक्षा बैठकको मुख्य एजेण्डा रहेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077