Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हङकङमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु

हङकङमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटना एमिरेट्सको एरोट्रान्सकार्गोको रूपमा सञ्चालित उडान ईके ९७८८ मा भएको हो, जुन दुबईबाट हङकङ आइरहेको थियो । स्थानीय समयअनुसार बिहान करिब ०३ः५० बजे विमान उत्तरी धावनमार्गमा ग्राउन्ड सेवा गाडीमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक जानकारीमा उल्लेख छ।

हङकङ नागरिक उड्डयन विभागका अनुसार विमानस्थलका दुई जना ग्राउन्ड स्टाफ समुद्रमा खसेका थिए। उद्धार गरिए पनि दुवैजनाको मृत्यु भएको पुष्टि गरिएको छ।

विमानमा रहेका चार चालक दलका सदस्य भने सकुशल रहेका छन्। उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याइएको बीबीसीले जनाएको छ।

दुर्घटनापछि प्रभावित धावनमार्ग अस्थायी रूपमा बन्द गरिएको छ भने अन्य दुई धावनमार्ग सञ्चालनमा रहेका छन् । यस घटनाले केही उडान प्रभावित भएका छन् । उड्डयन विभागले घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077