Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निश्चल बस्नेतको सुदन गुरुङ र टीओबी समूहसँग कनेक्सन छ, माफी गर्न सकिँदैन : महेश बस्नेत

निश्चल बस्नेतको सुदन गुरुङ र टीओबी समूहसँग कनेक्सन छ, माफी गर्न सकिँदैन : महेश बस्नेत

बिहिवार , कार्तिक ६, २०८२

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले कलाकार निश्चल बस्नेतमाथि कटाक्ष गर्दै देशमा भएको अराजकता र जेनजी आन्दोलनका घटनाको जिम्मेवारी तोक्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत 'देश जलाउनेहरूलाई आज होइन, भोलि पनि माफी गर्न सकिँदैन' भनेका छन् । नेता बस्नेतले कलाकारको पहिचान ओढेर केही व्यक्तिहरूले देशमा हिंसा र विनाशको वकालत गरिरहेको दाबी गरेका छन् ।

उनले निश्चल बस्नेत र सुदन गुरुङबीच सम्बन्ध रहेको प्रमाण सार्वजनिक स्रोतहरूमा रहेको भन्दै सो विषयमा छानबिन गर्न माग गरेका छन् ।

उनले लेखेका छन्, 'आगो लगाउनु नयाँ युगको सुरुवात हो भन्छन् त हाम्रो निश्चल बस्नेत भाइ यस्तो ज्ञान गुणका कुरा यिनलाई कसले सिकाउँदो रहेछ ? यिनीहरूलाई आज नभए भोलि, भोलि नभए पर्सी, वा कुनै दिन- देशले माफी गर्न सक्दैन। कलाकारको खास्टो ओढेको निश्चल बस्नेतको कनेक्सन 'सुदन गुरुङको हामी नेपाल' र टीओबी समूहसँग रहेको प्रमाण सुदन गुरुङकै वेबसाइटमा छ ।'

साथै उनले निश्चलको श्रीमती स्वस्तिमा खड्का पनि सुदन गुरुङको सहयोगी रहेको प्रमाण रहेको दाबी गरे ।
बस्नेतले लेखेका छन्, 'देश खरानी बनाउने र जेनजी आन्दोलनको रगत बेचेर सत्ता खरिद गर्ने ग्याङ अहिले सत्ताको संरक्षणमा छन्। तर सधैं यिनीहरू उम्किन सक्दैनन्।'

महेश बस्नेतले आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका घटनामा संलग्न सबै व्यक्तिहरूमाथि निष्पक्ष कानूनी कारबाही हुनुपर्नेमा जोड दिएका छन्।

यता अभिनेता बस्नेतले आफूले जेनजी आन्दोलनका क्रममा ढुंगा हानेको आरोपको खण्डन गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार एक स्टाटस लेख्दै आफूविरुद्ध भ्रमपूर्ण प्रचार भएको दाबी गरेका हुन् ।

बस्नेतले लेखेका छन्, ‘मैले कतैपनी ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस, मलाई जे सजाय दिएपनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएँ, स्पष्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु।’

उनले आन्दोलनमा गएको र भ्रष्टाचारविरुद्ध आवाज उठाएको कुरा स्वीकार गर्दै भनेका छन्, ‘म आन्दोलनमा गएको हो। भ्रष्टाचारको विरोध गरेको हो। मसँग फोटो र भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन्।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077