Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा इरानविरुद्ध खेल्दै नेपाल

त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा इरानविरुद्ध खेल्दै नेपाल

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले आज इरानसँग खेल्दैछ ।

खेल भारतको शिलोङमा रहेको जवाहरलाल नेहरु रङ्गशालामा बेलुका सवा ६ बजे शुरू हुनेछ ।

इरान र भारतसँगको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अस्ति बुधवार भारत प्रस्थान गरेको हो ।

नेपालले यहि कात्तिक १० गते भारतसँग खेल्नेछ । यो खेल पनि शिलोङको जवाहरलाल नेहरु रङ्गशालामा नै हुनेछ ।

त्यसपछि नेपालले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने एन्फाले जनाएको छ ।

यो खेल फिफा विन्डो अन्तर्गत नभएकाले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । फिफा वरीयतामा नेपाल ८९औं स्थानमा छ । यस्तै भारत ६३ औं र इरान ७०औं स्थानमा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077