Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले पेनाल्टी सुटआउटमा भारतलाई हरायो

नेपालले पेनाल्टी सुटआउटमा भारतलाई हरायो

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । नेपालले भारतलाई उसकै घरमा हराउँदै मैत्रीपूर्ण फुटबलमा ऐतिहासिक जित हात पारेको छ ।

बुधबार भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा सम्पन्न ‘अनअफिसियल’ मैत्रीपूर्ण फुटबलमा नेपालले रोमाञ्चक पेनाल्टी सुटआउटमा घरेलु टिम भारतलाई ३–० ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा नेपालका लागि निशा ठोक्कर, सविताराना मगर र रश्मिकुमारी घिसिङले गोल गरे भने कप्तान अनिता बस्नेतको प्रहार भारतकी गोलकिपर साउमिया नारायासमीले बचाइन् ।

नेपालकी गोलकिपर अञ्जनाले भने खेलको निर्णायक नायिका बनिन् । उनले भारतका प्रिया दार्शीनी र अस्टम ओरामका पेनाल्टी प्रहार रोक्दै उत्कृष्ट प्रदर्शन गरिन् । त्यस्तै, भारतकी सन्तोषको प्रहार सिधै पोस्ट बाहिरिएको थियो, जसले नेपाललाई ३–० को विजयी नतिजा दिलायो ।

खेलको पहिलो हाफमा भारतले ३०औं मिनेटमा सौम्या गुगूल्टोहको गोलमार्फत अग्रता लिएको थियो । तर हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले बराबरी गोल गर्दै नेपाललाई खेलमा फर्काइन् ।

यो जित नेपालका लागि भारतविरुद्ध पछिल्ला वर्षको अर्को उत्साहजनक सफलता बनेको छ । यसअघि नेपालले इरान र भारत सहभागी त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा पनि भारतलाई २–१ ले पराजित गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077