Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग पराजित

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । नेपाल, भारत र इरान बीचको त्रिदेशीय फिफा मैत्रीपूर्ण प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ।

भारतको सिलोङस्थित जवारलाल नेहरू रङ्गशालामा भएको खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको हो।

खेलको ४९औँ मिनेटमा इरानकी साराले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । उनले गोलकिपरले फालेको लङ बलमा नेपाली डिफेन्डर बिमला विक र गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बिट गरेर गोल गरेकी थिइन् ।

त्यसको तीन मिनेटमै अर्थात् ५२औँ मिनेटमा इरानले दोस्रो गोल गर्‍यो । इरानकी कप्तान जेहरा गाबारीले डिबक्स बाहिरबाट पाएको फ्रिकिकलाई दोस्रो बारमा सुन्दर गोलमा परिणत गरिन् ।

त्यस्तै, खेलको ५७ औँ मिनेटमा इरानकी जर्सी नम्बर ८ की सबनामले टोलीका लागि तेस्रो गोल गरिन् ।

अब नेपालले आफ्नो दोस्रो खेल आयोजक भारतसँग कार्तिक १० गते खेल्नेछ । यता नेपाललाई हराउँदै इरान लगातार दुई खेलमा जितसहित प्रतियोगिताको उपाधि जितेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077