Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इरान र नेपालबीच पहिलो हाफ गोलरहित बराबरी

इरान र नेपालबीच पहिलो हाफ गोलरहित बराबरी

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । भारतको सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा शुक्रबार सुरु भएको त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल र इरानबीचको पहिलो हाफ रोमाञ्चक गोलरहित बराबरीमा समाप्त भएको छ।

इरान, नेपाल र भारत सम्मिलित प्रतियोगिताको यो दोस्रो खेल हो। नेपालले आजको खेल जित्दै विजयी सुरुवात गर्ने लक्ष्य राखेको छ भने इरान अपराजित यात्रा निरन्तर राख्ने प्रयासमा छ।

खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि कुनै पनि टोलीले गोल गर्न सफल भएन ।

नेपालको गोलरक्षक र डिफेन्स लाइनले इरानी आक्रमणहरू उत्कृष्ट रूपमा रोक्न सफल भए, उता इरानी टोलीले पनि नेपालका स्ट्राइकरहरूलाई रोक्दै खेल बराबरीमा राखेको छ।

यसअघि इरानले अक्टोबर २१ मा सम्पन्न उद्घाटन खेलमा घरेलु टोली भारतलाई २–० ले पराजित गर्दै तीन अंक जोडिसकेको छ।

त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता अक्टोबर २७ सम्म चल्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077