Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थापाथलीमा अनधिकृत संरचनामा महानगरले चलायो डोजर

थापाथलीमा अनधिकृत संरचनामा महानगरले चलायो डोजर

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा गुठीसँग समन्वय डोजर चलाइएको हो ।

महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले भने- 'गुठीसँग समन्वय गरेर भत्काएका छौँ । त्यहाँ बनेका संरचना अवैध हुन् । नक्साविना बनेका थिए ।'

महानगरले लामो समयदेखि आफ्नो क्षेत्रभित्र पर्ने अवैध संरचनामा डोजर चलाउँदै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077