Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गैरहाजिर १५ प्रहरीमाथि कारबाहीको चेतावनी

गैरहाजिर १५ प्रहरीमाथि कारबाहीको चेतावनी

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका १५ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रधान कार्यालयको कानुन शाखाले आज जारी गरेको सूचनामा दुई जना प्रहरी हबलदारसहित १५ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी दिएको हो ।

सूचनाअनुसार गैरहाजिर हुनेमध्ये २ जना हबलदार, २ जना सहायक हबलदार, १ जना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन्। उनीहरू लामो समयदेखि कुनै जानकारीबिना ड्युटीमा उपस्थित नभएका कारण प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ, 'उक्त अवधिभित्र सम्पर्कमा नआएमा उनीहरूको हाजिरी माफी नहुने र कानुनबमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाइनेछ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077