Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु, दुई घाइते

बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु, दुई घाइते

आइतवार , कार्तिक १६, २०८२

जनकपुरधाम । धनुषामा शनिबार साँझ भएको बस–अटोरिक्सा दुर्घटनामा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा पतिपत्नी र उनका भाइको मृत्यु भएको छ भने उनका दुई सन्तान गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमका अनुसार, विराटनगरबाट धनगढी जाँदै गरेको सुप्र ०१–००१ ख ३२८८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटना गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिकै पूर्व–पश्चिम राजमार्गमा साँझ करिब सात बजे भएको थियो ।

दुर्घटनामा भरतपुर (गणेशमान चारनाथ–४) का ४० वर्षीय रमेश मगर, उनकी पत्नी ३५ वर्षीया निशा मगर, रमेशका भाइ ३५ वर्षीय शम्भु मगर, र अटोरिक्सा चालक ४० वर्षीय डम्बर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

डीएसपी बमका अनुसार, मृतक रमेश र निशाका दुई सन्तान — ९ वर्षीय रोशन मगर र १४ वर्षीया शीतल मगर दुर्घटनामा गम्भीर घाइते भएका छन् । दुवै जनालाई जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी टोलीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077