Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनको स्टाटसले स्तर प्रस्ट भयो : महेश बस्नेत

बालेनको स्टाटसले स्तर प्रस्ट भयो : महेश बस्नेत

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विवादास्पद स्टाटसले उनको स्तर स्पष्ट भएको टिप्पणी गरेका छन् ।

नेता बस्नेतले तीन वर्षअघि बालेनको ‘हैसियत र यथार्थ’बारे गरेको टिप्पणीबेला आफूलाई गाली गर्नेहरू अहिले आएर सहमत हुँदै ‘तपाईं ठीक हुनुहुँदो रहेछ’ भन्न थालेको दाबी गरेका छन् ।

‘तीन वर्ष अगाडि जब मैले बालेन शाहको हैसियत र यथार्थको बारेमा टिप्पणी गरेको थिएँ, त्यतिबेला मलाई गाली गर्ने धेरै साथीहरूले अहिले आएर भन्छन्– तपाईं ठीक हुनुहुँदो रहेछ, हामी नै गलत रहेछौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो राति बालेन शाहले लेखेर तुरुन्तै हटाएको स्टाटसले उनी वास्तवमै कस्ता स्तरका हुन् भन्ने कुरा स्पष्ट भएको छ।’

बस्नेतले अब बालेनले जनतालाई झुक्काउन सक्ने समय सकिँदै गएको पनि बताए। ‘भन्ने गरिन्छ, थोरै मान्छेलाई धेरै समयसम्म झुक्काउन सकिन्छ, धेरै मान्छेलाई थोरै समयका लागि झुक्काउन सकिन्छ, तर सबैलाई सधैं झुक्काउन सकिँदैन,’ उनले लेखेका छन्।

मेयर शाहले शनिबार राति सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गर्दै स्टाटस लेखेपछि त्यसले विवाद निम्त्याएको थियो । आलोचनापछि शाहले उक्त स्टाटस केही बेरमै हटाएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077