Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेप्से ३०.७५ अंकले बढ्यो, ९ अर्बको कारोबार

नेप्से ३०.७५ अंकले बढ्यो, ९ अर्बको कारोबार

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं। आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढेको छ ।

१.१८ प्रतिशतले बढेको सेयर बजार २६३१.१४ विन्दुमा रोकिएको हो।

आज ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा नौ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ रुपैयाँको कारोबार भयो। आज व्यापार समूह १.१० प्रतिशतले घटेको छ भने अरु सबै समूहको सूचकमा हरियाली छाएको छ।

सबैभन्दा बढी वित्त समूह ५.१७ र जीवन बिमा समूह ४.३५ प्रतिशतले बढेको छ। बैंकिङ ०.२९, विकास बैंक ०.९०, होटेल तथा पर्यटन १.२०, जलविद्युत् १.१८, लगानी ०.८०, उत्पादन तथा प्रशोधन ०.९६, लघुवित्त १.३८, म्युचुअल फन्ड ०.१०, निर्जीवन बिमा १.३३ र अन्य समूह १.२३ प्रतिशतले बढेको छ।

आजको कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ४.७६ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन बैंक लिमिटेड प्रमोटरको सेयर एक अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ रुपैयाँबराबरको एक करोड ४० लाख छ हजार २१७ कित्ता किनबेच भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077