Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अटोले अटोलाई दियो ठक्कर : एकको मृत्यु, दुईजना घाइते

अटोले अटोलाई दियो ठक्कर : एकको मृत्यु, दुईजना घाइते

मंगलवार , कार्तिक १८, २०८२

कपिलवस्तु । चन्द्रौटा कृष्णनगर सडक अन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिका १ शिवानगरमा सोमबार साँझ अटोले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

कृष्णनगरदेखि बहादुरगंजतर्फ जाँदै गरेको लु १ ह २९६ नम्बरको अटोले सोही दिशातर्फ जाँदै गरेको लु १ ह ८२४ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका महाराजगंज नगरपालिका ११ बडेगाउँका ३५ वर्षीय विष्णु धरीकको उपचारका क्रममा बहादुरगंज अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।

सो दुर्घटनामा मृतकका पाँच वर्षीय छोरा विष्णु र १० वर्षीया छोरी रन्जिता समेत घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ। एक जना अटो चालक रन्जित अग्रहरी पक्राउ परेका छन् भने एक जना फरार छन् । उनको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077