Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, ४ जनाको मृत्यु

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, ४ जनाको मृत्यु

बुधवार , कार्तिक १९, २०८२

एजेन्सी । अमेरिकाको केन्टकीको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरूले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने बताएका छन् ।

दुर्घटनामा कम्तीमा ११ जना घाइते छन् र केही व्यक्ति सम्पर्कविहिन भएका छन् । यूपीएसका अनुसार विमानमा तीन जना चालक दलका सदस्य थिए, तर उनीहरु अझै सम्पर्कविहिन छन् ।

सम्पर्कविहिन व्यक्तिहरुको खोजी भैरहेको छ । दुर्घटनास्थल वरपरका बासिन्दालाई घरभित्रै सुरक्षित रहन आग्रह गरिएको छ ।

विमानले झन्डै ३८ हजार ग्यालन इन्धन बोकेको थियो, जसमा विस्फोटपछि आगो लागेको र नजिकैका व्यवसायिक भवनहरू पनि डढेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077