Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मेलम्चीको पानी पूर्ण रूपमा रोकिएपछि खानेपानी मन्त्रालय र स्थानीयबीच छलफल

मेलम्चीको पानी पूर्ण रूपमा रोकिएपछि खानेपानी मन्त्रालय र स्थानीयबीच छलफल

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । स्थानीयले ले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेपछि यतिखेर खानेपानी मन्त्रालय र स्थानीयबीच छलफल चलिरहेको छ ।

बिहिबार मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले यस अघिको सहमति कार्यान्वयन माग गर्दै पूर्णरुपमा बन्द गरेका थिए।

०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरूका माग पूरा नभएको भन्दै स्थानीयले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो ।

यसअघि सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौंको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी समेत गरेका थिए।

मेलम्चीको पानी काठमाडौंमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।

मेलम्चीको पानी स्थानीयले बन्द गरेसँगै उपत्यकामा पानी वितरणमा समस्या भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077