Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

खानेपानीको पाइप फुट्दा बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

खानेपानीको पाइप फुट्दा बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । खानेपानीको मुख्य पाइप फुटेपछि नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा सडक जलमग्न बनेको छ।

सिभिल अस्पतालतर्फबाट तीनकुने जाने सडकबाट पानी तीव्र गतिमा बग्दै सडकभरि फैलिएकाले सडक पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।

पानीको उच्च प्रवाहका कारण त्यहाँ गुड्ने सवारी साधन साथै पैदलयात्रीहरु समस्यामा परेको छ। बगिरहेको पानीका कारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती उत्पन्न भएको छ।

सो क्षेत्रमा बनाइएको आकाशे पुलको छेउमा खानेपानीको पाइप फुटेको प्रहरीले बताएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077