Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सरकार र मेलम्चीका स्थानीयबीच सहमति, सबै आन्दोलन स्थगित

सरकार र मेलम्चीका स्थानीयबीच सहमति, सबै आन्दोलन स्थगित

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच सहमति भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो ।

साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित गर्ने सहमति भएको छ । सहमतिअनुसार आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरू, बाढीपीडित संघर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका सम्बोधन गरिनेछ।

सिन्धुपाल्चोकको हेलम्बुका स्थानीयले विभिन्न माग राख्दै मेलम्चीको पानी काठमाडौं उपत्यका पथान्तरणमा रोक लगाएका थिए ।

०८१ असोज २३ गते स्थानीय बाढीपीडित संघर्ष समिति, तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयका सचिव प्रमिला देवीबीच १० बुँदे सहमति भएको थियो ।

सो सहमति कार्यान्वयन नभएपछि प्रभावितहरूले मेलम्चीको पानी काठमाडौं पथान्तरणमा रोक लगाएका थिए । यस्तै, सहमतिपत्रमा स्थानीयवासी तथा सरोकारवाला समूहका तर्फबाट हस्ताक्षर भएको छ।

यस्तै, मेलम्ची खानेपानी विकास समितिका तर्फबाट कार्यकारी निर्देशक जगरनाथ दासलगायतले हस्ताक्षर गरेका छन्।

579406372_816508437895712_5766537904870983646_n-1762879643.jpg566631679_847943680914551_3727393165133530287_n-1762879642.jpg582411573_1370613504468284_5204187438734107110_n-1762879642.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077