Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बुका अध्यक्षलाई घिसिङको आग्रह

मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बुका अध्यक्षलाई घिसिङको आग्रह

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन् ।

उपत्यकाका आउने मेलम्ची खानेपानी रोकिएपछि मन्त्री घिसिङले हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि आवश्यक पहल र सहयोग गरिदिन आग्रह गरेका हुन् ।

गत बिहिबारदेखि मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले यस अघिको सहमति कार्यान्वयन माग गर्दै पूर्णरुपमा बन्द गरेका थिए।

हाल खानेपानी मन्त्रालयका जिम्मेवारी सम्हालिरहेकी प्रधामन्त्री सुशीला कार्कीले सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएकी थिइन् ।

घिसिङले विगतमा गरिएका सहमति तथा हाल राखिएका माग वार्ता र छलफलबाट समाधान गर्न सरकार तयार रहेको उल्लेख गरेका छन् । मन्त्री घिसिङले मेलम्चीबाट पानी आउन बन्द हुँदा काठमाडौं उपत्यकामा खानेपानीको समस्या देखिन थालिसकेकाले यसमा गम्भीर बनिदिन आग्रह गरेका छन् ।

यस्तै गाउँपालिकाका अध्यक्ष शेर्पाले आयोजनाले लिएको जग्गा तथा घरभाडा, विगतको निर्माण व्यवसायी सीएमसीका सामान आपूर्तिकर्ताले पाउनुपर्ने रकम भुक्तानी गर्नुपर्ने, मेलम्ची बजारदेखि मेलम्ची घ्याङसम्मको सडक निर्माण गरिनुपर्ने बताए ।

तत्कालीन खानेपानीमन्त्रीसँग २१ असोज ०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएको थियो ।

वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो ।

मेलम्चीको पानी स्थानीयले बन्द गरेसँगै उपत्यकामा पानी वितरणमा समस्या भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077