Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुसभित्र महाधिवेशन गर्नैपर्छ : विश्वप्रकाश शर्मा

पुसभित्र महाधिवेशन गर्नैपर्छ : विश्वप्रकाश शर्मा

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अब पुसभित्र नै महाधिवेशन गर्नैपर्ने बाध्यतामा रहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका कारण पार्टी विधानले त्यसलाई ९० दिनभित्र पूरा गर्न निर्देशन दिएको स्मरण गराए ।

शर्माले भने, 'नियमित महाधिवेशन पुस, माघ, वैशाख वा त्यसअघि–पछि पनि गर्न सकिन्छ, तर विशेष महाधिवेशन भने ९० दिनभित्र सम्पन्न गर्न विधानको दफा १७(२) ले स्पष्ट निर्देशन दिएको छ । यो बाध्यात्मक व्यवस्था हो।'

उनका अनुसार बहुमत प्रतिनिधिले लिखितरूपमा माग गरेको विशेष महाधिवेशन अब या त विशेष महाधिवेशन बोलाएर वा सोही अवधिभित्र नियमित महाधिवेशन गरेर मात्रै सम्बोधन गर्न सकिने स्थिति बनेको छ । 'यस विषयमा कुनै ‘इफ, बट, इन्तु, परन्तु’ होइन, स्पष्ट निर्णय लिनु अपरिहार्य छ,' उनले लेखेका छन् ।

यसबीच, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिलाई लिएर तीव्र विवाद चर्किएको छ । संस्थापन पक्ष आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । तर, सो पक्षभित्रै पनि एकमत बन्न सकेको छैन ।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासहितको समूह भने निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा रहेको छ

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077