Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरभित्र प्लास्टिकजन्य फोहोर बाल्न प्रतिबन्ध, प्रतिपटक १० हजार जरिवाना

काठमाडौं महानगरभित्र प्लास्टिकजन्य फोहोर बाल्न प्रतिबन्ध, प्रतिपटक १० हजार जरिवाना

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिकजन्य फोहर बाल्न प्रतिबन्ध लगाएको छ ।

जाडो महिनामा उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने भएकाले प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्न रोक लगाइएको हो

प्रदूषण बढ्नमा यसरी खुला रूपमा बालिने बस्तुको महत्त्वपूर्ण हिस्सा रहेकाले जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यस्तो निर्णय गरिएकोै विभागकी प्रमुख सरिता राईले बताईन् ।

वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरूलाई बढी असर गर्ने हुनाले सबैको स्वास्थ्य र वातावरण जोगाउन यस्तो प्रवृति घटाउनुपर्नेमा उनको जोड छ ।

उनले भनिन्- 'महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।'

उक्त व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077