Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म अध्यक्ष र प्रधानमन्त्री बन्ने सम्भावना बोकेर हिँडेको छु : महेश बस्नेत

म अध्यक्ष र प्रधानमन्त्री बन्ने सम्भावना बोकेर हिँडेको छु : महेश बस्नेत

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफू पार्टीको भावी अध्यक्ष र देशको प्रधानमन्त्री बन्ने सम्भावना बोकेर हिँडेको दाबी गरेका छन् ।

आइतबार पत्रकारहरूसँगको कुराकानीमा बस्नेतले यस्तो दाबी गरेका हुन् । उनले भने, 'म पार्टीको अध्यक्ष हुने सम्भावना पनि बोकेर हिँडेको छु, म देशकै प्रधानमन्त्री हुने सम्भावना पनि बोकेर हिँडिराख्या छु।'

तर उनले आफ्नो शैली अन्य युवा नेताहरूभन्दा फरक भएको स्पष्ट पार्दै भने, 'मेरा सहयोद्धा साथीहरू — गगनजी, रविजीलगायत — जुन ढंगले उद्घोष गर्दै हिँड्छन्, म त्यसरी उद्घोष गरेर होइन, कर्मका आधारमा अघि बढ्ने पक्षमा छु।'

बस्नेतले हाल एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी अघि बढ्ने स्पष्ट संकेत पनि दिएका छन् ।

उनका अनुसार, ओलीले चुच्चे नक्सादेखि लिएर नेपाली सीमाको सवालमा दृढ नेतृत्व देखाएकाले अहिले पनि पार्टीको अध्यक्षमा ओलीकै उम्मेदवारी रहनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077