Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से ३.२१ अंकले बढ्यो, कारोबार रकम घट्यो

नेप्से ३.२१ अंकले बढ्यो, कारोबार रकम घट्यो

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

मंगलबार नेप्से परिसूचक ३.२१ ले बढेर २,५६५.१६ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबार रकम भने घटेको छ । यसदिन तीन अर्ब ६२ करोड ६१ लाख रुपैयाँमा सेयर खरिदबिक्री भएको छ ।

सोमबार चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबबिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ मध्ये सात समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ऋणपत्र १० प्रतिशतले बढेको छ । १० वर्षे अवधिको आठ प्रतिशत ब्याज दिने यो ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजमको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र माबिलुङ इनर्जीको सेयरमूल्य नौ प्रतिशतभन्दा बढीले बढेको छ ।

साहस ऊर्जा लिमिटेडको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीले आज सेयरधनीलाई २२.१० प्रतिशत लाभांश र १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेसँगै कम्पनीको सेयर खरिद गर्ने बढेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077