Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा कृषि बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

चितवनमा कृषि बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

बुधवार , कार्तिक २६, २०८२

चितवन । चितवनमा बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका-२ हपनि स्थित भित्री सडक खण्डमा हिजो साँझ फिस्लिङबाट आउँदै गरेको तरकारी बोक्ने बागमती प्रदेश ०१-००२ झ ६६६२ नम्बरको कृषि बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

यस्तै अन्य तीन जना घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा सोही ठाउँका ८० वर्षीय वीरबहादुर प्रजा रहेका छन्। इच्छाकामना २ का १९ वर्षीय विष्णु प्रजा र ३४ वर्षीय कर्ण बहादुर प्रजा घाइते भएका छन्।

मध्यम अवस्थामा रहेका उनीहरूको उपचार चितवनको भरतपुर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ। सामान्य घाइते भएका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077