Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२० जना सवार टर्कीको सैन्य विमान दुर्घटना

२० जना सवार टर्कीको सैन्य विमान दुर्घटना

बुधवार , कार्तिक २६, २०८२

एजेन्सी । टर्कीको वायुसेनाको सी–१३० हर्कुलस सैन्य कार्गो विमान जर्जिया–अजरबैजान सीमासमिप दुर्घटनाग्रस्त भएको छ । विमानमा उडान टोलीसहित २० जना सैनिक सवार रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मंगलबार भएको उक्त दुर्घटनामा कति जनाको मृत्यु वा घाइते भएका छन् भन्नेबारे अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।

टर्कीको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनाको पुष्टि गर्दै अजरबैजानबाट उडान भरेको विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेपछि सम्पर्क टुटेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार, अजरबैजान र जर्जियाका अधिकारीहरूसँग संयुक्त उद्धार अभियान सुरु गरिएको छ । उद्धार टोलीले दुर्घटनास्थलसम्म पुग्ने प्रयास जारी राखेको बताइएको छ ।

जर्जिया एयर नेभिगेसन अथोरिटीका अनुसार, विमान जर्जियाको हवाई क्षेत्रमा प्रवेश गरेपछि अचानक राडार सम्पर्क टुटेको थियो । पछि जर्जियाको इन्टरप्रेस न्युज एजेन्सीले विमान पूर्वी जर्जियाको काखेती क्षेत्रस्थित सिघनाघी इलाकामा खसेको जनाएको छ ।

उक्त विमान अमेरिकी कम्पनी लकहिड मार्टिनले निर्माण गरेको सी–१३० हर्कुलस प्रकारको चार इन्जिन टर्बोप्रप सैन्य परिवहन विमान हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077