Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले आउनेलाई उचित जिम्मेवारी दिइनेछ : शंकर पोखरेल

एमाले आउनेलाई उचित जिम्मेवारी दिइनेछ : शंकर पोखरेल

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा फर्किने नेताहरू र कार्यकर्ताहरूलाई योग्यताअनुसार उचित जिम्मेवारी दिइने बताएका छन् ।

ललितपुरको च्यालसस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित ‘घर फर्क अभियान’ सम्बन्धी भेटघाट कार्यक्रममा उनले पार्टीप्रति विश्वासका साथ फर्किने कसैलाई पनि जिम्मेवारीविहीन नराखिने बताएका हुन् ।

महासचिव पोखरेलले भने, ‘पार्टी छोड्दाको समयमा जसको हैसियत जहाँ थियो, त्योभन्दा तलको व्यवहार नहुनेछ। कसलाई कहाँ र के जिम्मेवारी दिने भन्ने विषयमा पार्टीभित्र छलफल गरेर महाधिवेशनअघि नै टुङ्गो लगाइनेछ।’

उनका अनुसार, पार्टीमा फर्किने नेताहरूको अनुभव, हैसियत र योगदानका आधारमा जिम्मेवारी तोकिँदै जानेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077