Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अस्ट्रेलियामा सडक दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु

अस्ट्रेलियामा सडक दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको भीषण सवारी दुर्घटनामा चितवनका एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । आमाबाबु र छोराको घटनास्थलमै मृत्यु भएको हो भने हजुरआमा घाइते अवस्थामामा अस्पतालमा उपचाररत छन् ।

भिक्टोरियाको ग्रामीण क्षेत्र स्टोनलीमा सोमबार साँझ भएको उक्त दुर्घटनामा कारमा सवार ४१ वर्षीय पुरुष, ३१ वर्षीया महिला र तीन वर्षीय बालकको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनाका कारण बालककी हजुरआमा (मृतक महिलाकी आमा) घाइते भएकी छन् । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी नजिकैको अस्पतालमा पुर्‍याइएको हो। चिकित्सकहरूले उनको अवस्था अहिले खतरामुक्त रहेको बताएका छन्।

घटनाबारे प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सब–वेबाट मुख्य सडकमा निस्कने क्रममा उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा ट्रक चालक भने सामान्य घाइते भएका छन्। उनले प्रहरीलाई सोधपुछका लागि नियन्त्रणमा राखिएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077