Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमर प्रहरीलाई सम्झिँदै बोल्दाबोल्दै भक्कानिए आईजीपी कार्की

अमर प्रहरीलाई सम्झिँदै बोल्दाबोल्दै भक्कानिए आईजीपी कार्की

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह तथा सुशोभित कार्यक्रममा भावविभोर हुँदै अमर प्रहरीलाई सम्झँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कार्यक्रममा दर्ज्यानी चिन्ह प्राप्त गरेपछि सम्बोधन गर्दै आईजीपी कार्की केही क्षण भक्कानिएका हुन् । उनले वीर गति प्राप्त गरेका अमर प्रहरीको योगदान सम्झिँदै गर्दा गला रोकिएर बोल्न कठिन भएको थियो ।

कार्कीले भने, 'महानिरीक्षकको दर्ज्यानी चिन्हबाट सुशोभित हुँदै गर्दा राष्ट्र र नागरिकको सेवाको क्रममा वीर गति प्राप्त गरेका सम्पूर्ण अमर प्रहरीप्रति म श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, कर्तव्य पालनको क्रममा वीर गति प्राप्त सम्पूर्ण प्रहरीको अतुलनीय योगदानको स्मरण गर्दै, सेवा निवृत्त हुनुभएका प्रहरीहरूको सहज जीवनयापनको कामना गर्दछु।'

आजै उनलाई गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले आईजीपीको फुली लगाइदिएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077