Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओलीको विकल्प खोज्नु राजनीतिक अपराध: महेश बस्नेत

केपी ओलीको विकल्प खोज्नु राजनीतिक अपराध: महेश बस्नेत

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनु हुँदैन भन्नु राजनीतिक अपराध भएको टिप्पणी गरेका छन् ।

दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

विदेशी योजनामा एमालेका केही नेताले नै ओलीको विकल्प खोजेर राजनीतिक अपराध गर्न खोजेको उनले दाबी गरेका छन् ।

बस्नेतले भने- 'अहिले पार्टी भित्रबाटै केपी ओलीको विकल्प खोज्न थालेर राजनीतिक अपराध गर्न खोजिँदै छ । यो एमालेलाई कमजोर बनाउने विदेशी डिजाइन हो । हामी केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077