Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाद्धारा पार्टीको विशेष महाधिवेशन मंसिर २७ गते घोषणा

कांग्रेस महामन्त्री थापाद्धारा पार्टीको विशेष महाधिवेशन मंसिर २७ गते घोषणा

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आगामी मंसिर २७ गते हुने घोषणा गरेका छन् ।

बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यो मिति सार्वजनिक गरेका हुन् ।

थापाले नियमित महाधिवेशन रोक्ने बहानामा सदस्यताको विषय देखाएर नेताहरू पन्छिएको आरोप लगाउँदै भने, 'मैले नियमित अधिवेशन गर्न सकिन्छ भनेको थिएँ, तर तपाईंहरू सबैले सदस्यताको कारण देखाएर पन्छिनुभयो। त्यसैले अब नियमित अधिवेशनको अध्याय सकियो। अब मंसिर २७ गते विशेष अधिवेशन हुन्छ।'

उनले विशेष अधिवेशनपछि कांग्रेस नयाँ रूप र सोचसहित अघि बढ्ने दाबी गरे। 'अधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ, नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ,' थापाले भने ।

महामन्त्री थापाले अधिवेशन नगरी निर्वाचनमा जानु गल्ती र कमजोरी स्वीकार नगरी जनादेश माग्न जाने बराबर हुने टिप्पणी गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077