Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जनार्दन समूहसँग मिलेर दल दर्ता गर्ने तयारीमा सन्तोष परियार

जनार्दन समूहसँग मिलेर दल दर्ता गर्ने तयारीमा सन्तोष परियार

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका नेता सन्तोष परियार माओवादी केन्द्रका नेता जनार्दन शर्माको टिमसँग जोडिएर नयाँ राजनीतिक दल गठन गर्ने भएका छन् ।

उनले मानुषी यमी भट्टराई र सुदन किराँती लगायतका नेताहरूसँग मिलेर नयाँ पार्टी बनाउने तयारी थालेका हुन् ।

पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रगतशील नागरिक पार्टीलगायत विकल्पमा छलफल भइरहेको उनले बताए ।

परियारले भने- 'अब नयाँ अभियान सञ्चालन गर्छु। मानुषी यमी भट्टराई, सुदन किराँती लगायतका साथीहरू भएर पार्टी बनाउँछौँ ।आजै प्रेस विज्ञप्ति निकालेर थप जानकारी दिँदैछु ।'

उनका अनुसार, नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमासमेत पत्र गइसकेको छ ।

परियारले आजै रास्वपाको सचिवालय सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077