Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाका पुर्वमन्त्री सन्तोष परियार, बाबुराम र जनार्दनबीच ५ बुँदे सहमति, मङ्सिर सातमा एकता घोषणा

रास्वपाका पुर्वमन्त्री सन्तोष परियार, बाबुराम र जनार्दनबीच ५ बुँदे सहमति, मङ्सिर सातमा एकता घोषणा

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । आज मात्रै रास्वपा छाडेका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानबीच मङ्सिर ७ गते एकता घोषणा हुने भएको छ।

एकता घोषणाका लागी तीन समूहबीच आज ५ बुँदे सहमति भएको हो।

सहमति पत्रमा नेसपा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानको तर्फबाट सुदन किराँती र परियारले हस्ताक्षर गरेका छन्।

एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै हुनेछ।

सहमतिमा हस्ताक्षर हुँदै गर्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनार्दन शर्मा पनि सहभागी थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077