Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रलोपाको समानुपातिक सूचीमा दलिततर्फ सन्तोष परियार पहिलो नम्बरमा

प्रलोपाको समानुपातिक सूचीमा दलिततर्फ सन्तोष परियार पहिलो नम्बरमा

सोमवार , माघ ५, २०८२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा पुरुष दलिततर्फ सन्तोष परियारको नाम पहिलो नम्बरमा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी परियारसहितका नेताहरूले प्रलोपा गठन गरेका हुन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गएको पुस १४ गते प्रलोपाले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको थियो ।

आयोगमा दर्ता गरिएको सूचीअनुसार महिला दलिततर्फ दुर्गा सोबको नाम पहिलो नम्बरमा रहेको छ । सन्तोष परियार यसअघि रास्वपाबाट समानुपातिक सांसद बनेका थिए ।

उनीसहितका सांसद रहेको प्रतिनिधिसभा ‘जेनजी विद्रोह’पछि विघटन गरिएको थियो, जसले नयाँ राजनीतिक ध्रुवीकरणलाई जन्म दिएको थियो । प्रलोपाले बुझाएको समानुपातिक बन्दसूचीमा कुल ९३ जनाको नाम समावेश गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077