Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम, जनार्दन र सन्तोष सँगसँगै, मङ्सिर ७ गते एकता घोषणा गर्दै

बाबुराम, जनार्दन र सन्तोष सँगसँगै, मङ्सिर ७ गते एकता घोषणा गर्दै

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपा त्यागेका सन्तोष परियारबीच मंसिर ७ गते औपचारिक एकता घोषणा हुने भएको छ।

एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृह काठमाडौमा हुनेछ ।

कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि ल्याउने गरी छलफल भइरहेको र वृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि बढी रहेको नेसपाका प्रचार विभाग प्रमुख रेखी गुरुङले बताए ।

नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो ।

सहमतिमा नयाँ एकीकृत पार्टी एकै नाम, संरचना र चुनाव चिन्हका साथ अघि बढ्ने उल्लेख छ।

नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेको गुरुङले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077