Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनुषामा वडाध्यक्ष यादवको गोली हानेर हत्या

धनुषामा वडाध्यक्ष यादवको गोली हानेर हत्या

शुक्रवार , कार्तिक २८, २०८२

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या भएको छ ।

नगरपालिका–९ का वडाध्यक्ष यादवमाथि शुक्रबार साँझ करिब ६ बजे अज्ञात समूहले गोली प्रहार गरेको हो ।

घटनापछि गम्भीर घाइते भएका यादवलाई तत्काल जनकपुरस्थित प्रादेशिक अस्पतालमा पुर्‍याइए पनि चिकित्सकहरूले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले उक्त आक्रमणमा संलग्न व्यक्तिको पहिचान खुल्न बाँकी रहेको र पक्राउका लागि खोजी तीव्र पारिएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077