Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वडाध्यक्ष यादवको गोली हानी हत्या आरोपमा प्रहरी जवान पक्राउ

वडाध्यक्ष यादवको गोली हानी हत्या आरोपमा प्रहरी जवान पक्राउ

शुक्रवार , कार्तिक २८, २०८२

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या प्रकरणमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् ।

भोज खाने विषयमा सुरु भएको विवादकै क्रममा प्रहरीले चलाएको गोली लागेर वडाध्यक्ष यादवको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषा प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ भएको घटनामा गोली प्रहारबाट केही अन्य व्यक्ति पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि भर्ना गरिएको छ ।

वडाध्यक्ष यादवको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ । प्रहरी घटनामो थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077