Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । नेप्से परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ ।

आज नेप्से परिसूचक १५ दशमलव ७० अंकले बढेर दुई हजार ५६६ दशमलव ०७ बिन्दुमा कायम भएको हो ।

आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा ४ अर्ब १० करोड ५४ लाख छ हजार १३४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।

सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र झापा ईनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैंक लिमिटेड डिबेन्चरको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सहास ऊर्जा लिमिटेडको सबैभन्दा धेरै २२ करोड ९१ लाख ६६ हजार ९१६ बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख ५० हजार ५९५ कित्ता शेयर किनबेच भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077