Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारामा कर्फ्यु जारी भएपछि महेश बस्नेतले भने- यस प्रकारका अवरोधले विचलित हुँदैनौँ

बारामा कर्फ्यु जारी भएपछि महेश बस्नेतले भने- यस प्रकारका अवरोधले विचलित हुँदैनौँ

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । बाराको सिमरा क्षेत्रमा कर्फ्यु जारी भएपछि  एमाले नेता महेश बस्नेतले जागरण सभा रोक्न विभिन्न दलआवद्ध समूहले जेनजीको नाममा अराजक भिड उतारेको आरोप लगाएका छन्।

विमानस्थल आसपासमा जेनजी समूहले प्रदर्शन गरेपछि काठमाडौंमै रोकिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आरोप लगाएका हुन् ।

बस्नेतले कर्फ्युको निर्णयलाई सरकारको कमजोरी र उद्देश्यमाथि प्रश्न उठाउने कदम भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्- 'जेन-जेड को नाममा विभिन्न दल-आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो। सभा-सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ।'

उनले आगामी फागुन २१ मा चुनाव गराउने सरकारको दाबी नै हास्यास्पद देखिएको टिप्पणी गर्दै वर्तमान शासनप्रति कडा असन्तुष्टि व्यक्त गरे।

उनले थप लेखेका छन्- 'हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो ? नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ। लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।'

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077