Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीमा तीन डीआईजी र एक एसएसपीको दरबन्दी थप

सशस्त्र प्रहरीमा तीन डीआईजी र एक एसएसपीको दरबन्दी थप

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा तीन नायव महानिरीक्षक (डीआईजी) र एक वरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दी थप गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट पठाइएको संगठन तथा व्यवस्थापन अध्ययन (ओएण्डएम) लाई आंशिक स्वीकृति दिँदै तल्लो तहको दरबन्दी घटाएर डीआईजी र एसएसपीको दरबन्दी थप गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार, इन्टेलिजेन्स ब्युरो, कानुन महाशाखा र विपद् व्यवस्थापन महाशाखामा डीआईजीको दरबन्दी थप गरिएको हो । सशस्त्र प्रहरीको कानुन महाशाखालाई अब निर्देशनालय बनाइनेछ। महाशाखा हुँदा एसएसपी प्रमुख रहेकामा अब डीआईजी निर्देशनालय प्रमुख रहनेछन्।

यस्तै इन्टेलिजेन्स ब्युरोमा पनि डीआईजीको दरबन्दी थप गरिएको छ।

यसअघि सशस्त्र प्रहरीमा २ जना प्राविधिकसहित १८ जना डीआईजीको दरबन्दी थियो। अब तीन जना थपिएसँगै सशस्त्र प्रहरीमा डीआईजीको दरबन्दी २१ पुगेको छ।

यसअघि यी तीनवटै ठाउँमा एसएसपी प्रमुख रहने व्यवस्था थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077