Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारले जेनजी नामका युवाहरूलाई उचालेर हामीलाई तर्साउन खोज्यो : महेश बस्नेत

सरकारले जेनजी नामका युवाहरूलाई उचालेर हामीलाई तर्साउन खोज्यो : महेश बस्नेत

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आफूहरूलाई बाराको कार्यक्रममा जान नदिएको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले सरकार आफूहरूसँग आतंकित भएको बताएका हुन् ।

उनले भने, 'सरकारले अलिअलि जेनजी नामका युवाहरूलाई उचालेर एयरपोर्ट बन्द गराउने र हामीलाई त्यहाँ जान नदिने योजना बनाएको छ। हामी कानुनको दायराभित्रै रहेर अघि बढ्न चाहन्छौँ, तर किन यति आतंकित बनेको हामीसँग ?'

बस्नेतले एमालेको काठमाडौंमा आयोजना हुने सभापछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने विषयसँग सम्बन्धित भएर पनि निषेध सुरु गरिएको आरोप लगाए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077