Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

त्रिविले भन्यो- एनपिएलमा पार्किङ्ग शुल्क उठाउने सम्बन्धमा कुनै संस्थासँग सम्झौता भएको छैन

त्रिविले भन्यो- एनपिएलमा पार्किङ्ग शुल्क उठाउने सम्बन्धमा कुनै संस्थासँग सम्झौता भएको छैन

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एनपिएलको पार्किङ सम्बन्धी कुनै पनि संघसंस्थासँग सम्झौता नगरेको जनाएको छ।

त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले बिहिबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

त्रिविले पार्किङको लागि अनुमति पनि नदिएको जनाएको छ। पछिल्लो समय त्यहाँ पार्किङ विवाद देखिएको छ।

सूचनामा भनिएको छ- 'त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसर भित्र रहेको क्रिकेट रंगशालामा नेपाल क्रिकेट संघद्वारा सञ्चालित क्रिकेट एनपिएल खेल हेर्नको लागि सहभागी दर्शकहरुले प्रयोग गरेका सवारी साधनहरु रंगशालाको आसपासको विश्वविद्यालयको जग्गामा पार्किङ्ग गरे बापत शुल्क लिएको भन्ने कुरामा त्रिविको गम्भीर ध्यनाकर्षण भएको छ, उक्त सःशुल्क पार्किङ्ग सम्बन्धमा त्रिविद्वारा कुनै पनि व्यक्ति, संघ, संस्थाहरुसँग कुनै सम्झौता नगरेको र अनुमति समेत नदिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि निर्देशानुसार यो सूचना प्रकाशित गरिएको छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077