Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अब विधान बमोजिम विशेष महाधिवेशन हुन्छ, अलमलमा नपरौं : गगन थापा

अब विधान बमोजिम विशेष महाधिवेशन हुन्छ, अलमलमा नपरौं : गगन थापा

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधिसभा निर्वाचनअघि पार्टीमा विशेष महाधिवेशन अपरिहार्य रहेको बताएका छन् ।

बिहानदेखि पार्टीभित्र र बाहिर उठिरहेको जिज्ञासालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमार्फत उनले अहिलेको सभापतिको हस्ताक्षरमा चुनावमा जाने सम्भावना बाँकी नरहेको स्पष्ट पारेका हुन् ।

थापाले भने, 'वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लडिन्छ कि भन्ने भ्रम अनावश्यक हो। कांग्रेस विधानले भनेको छ—निर्धारित समयभित्रै विशेष महाधिवेशन हुन्छ, त्यहीँबाट नयाँ सभापति छानिन्छ।'

थापाका अनुसार पार्टीको निर्णय, नीति तथा औपचारिक हस्ताक्षर सबै आगामी नयाँ सभापतिबाटै हुने भएकाले अब विशेष महाधिवेशन टार्ने कुनै बाटो छैन ।

उनले भने,'हामीले निर्वाचनअघि नै महाधिवेशन चाहिएको भनेको यही कारणले हो। नयाँ नेतृत्व र नयाँ नीति सहितको हस्ताक्षरमा पार्टी चुनाव लड्छ।'

थापाले पार्टीभित्र चलिरहेका विभिन्न अड्कलबाजी र बुझाईलाई अस्वीकार गर्दै कार्यकर्तालाई सन्देश दिँदै भने,'कुरा प्रष्ट छ, अलमलमा नपरौं। विधानले दिएको बाटो यही हो, त्यही बाटोमै कांग्रेस अघि बढ्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077