Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काँक्रेविहार जङ्गलमा युवायुवती मृत फेला

काँक्रेविहार जङ्गलमा युवायुवती मृत फेला

सोमवार , मंसिर ८, २०८२

सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा दुई जना युवायुवती मृत फेला परेका छन् ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका-९ स्थित काँक्रेविहार जंगलमा आज बिहान करिब साढे ११ बजे उनीहरू रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृतक युवती वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री रहेका छन् ।

जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थ्रिए ।

जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्रीले घटनास्थलमै गएर सनाखत गरेका थिए ।

घटनाबारे थप अनुसन्धान गरिरहेको र शवको मुचुल्का तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077