Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएलमा अनलाइन बेटिङका नाममा २ करोड बढीको कारोबार, १० जना पक्राउ

एनपीएलमा अनलाइन बेटिङका नाममा २ करोड बढीको कारोबार, १० जना पक्राउ

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको देखिएको छ ।

काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।

प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गर्दै १० जनालाई पक्राउ गरेको जानकारी दिए ।

खेलाडीसँग म्याच फिक्सिङ गरेको आरोपमा दुई जना र बाँकी ८ जना बेटिङ गराएको आरोपमा आइतबार पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा डिजिटल वालेटहरूमा करिब दुई करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको प्रमाण फेला परेका प्रहरी उपरीक्षक भट्टराईले बताए । उनले स्टेक डटकम, बेडबुक डटकम लगायतका वेबसाइटहरू तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएको बताए ।

उनीहरूको साथबाट १५ थान मोबाइल समेत फेला परेका छन् ।

९ भारतीय र एक नेपाली महिलासहित प्रहरीले १० जनालाई पक्राउ गरी मुलुकी अपराध सहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसुरमा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077