Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा पनि प्रदर्शन, सुरक्षा व्यवस्था कडा

एमाले नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा पनि प्रदर्शन, सुरक्षा व्यवस्था कडा

मंगलवार , मंसिर ९, २०८२

सुर्खेत । एमाले नेता महेश बस्नेतको विरोधमा सुर्खेत पनि जेनजी समूहले प्रदर्शन गरेका छन्।

युवा जागरण कार्यक्रममा सुर्खेत आएका नेता बस्नेतविरुद्ध जेन जी समूहले विरोध गर्दै प्रदर्शन गरेका हुन्।

बस्नेत सुर्खेत आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले सडकहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ। घण्टाघर आसपासका सडकमा सर्वसाधारणहरूलाई हिँड्डुलमा रोक लगाइएको छ।

जेनजी समूहले वीरेन्द्रनगरको ठाउँठाउँमा अवरोध गर्ने प्रयास गरेका थिए ।

त्यसपछि वीरेन्द्रनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बस्नेत अहिले जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा उनी सहभागी छन् । नेता बस्नेतसहित एमाले उपमहासचिव प्रदीप ज्ञवाली, युवा संघका अध्यक्ष क्षितिज थेबे, वकिल बम पनि उक्त कार्यक्रममा सहभागी छन् ।

जिसस हलमा युवा संघको कार्यक्रम चलेको छ भने वीरेन्द्रनगर नगरपालिका अगाडि जेनजीले नाराबाजी गरिरहेका छन् ।

यसअघि सुनसरी र विराटनगरमा पनि बस्नेतविरुद्ध विरोध गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077