Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब चुनाव नहुने कुनै आशंका बाँकी छैन : सञ्चारमन्त्री खरेल

अब चुनाव नहुने कुनै आशंका बाँकी छैन : सञ्चारमन्त्री खरेल

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता जगदीश खरेलले आगामी निर्वाचनबारे कुनै पनि प्रकारको संशय अब समाप्त भएको बताएका छन्।

मंगलबार एमालेले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको पृष्ठभूमिमा उनले सबै प्रमुख राजनीतिक दल चुनावी प्रक्रियामा प्रवेश गरिसकेको भन्दै निर्वाचनको वातावरण पूर्ण रूपमा तयार भइसकेको स्पष्ट गरे।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै पत्रकारहरूसँग कुरा गर्दा मन्त्री खरेलले भने, ‘अब निर्वाचन हुँदैन कि भन्ने आशंका गर्ने ठाउँ नै छैन। राजनीतिक दलहरू आफ्नो तयारीमा छन्, आयोगले आफ्नो काम तीव्र गतिमा अगाडि बढाइरहेको छ।’

उनका अनुसार महत्त्वपूर्ण सबै राजनीतिक दलहरू आयोगमा दर्ता सम्पन्न गरिसकेका छन् र बाँकी दलहरूसमेत दर्ता प्रक्रियामा सक्रिय छन्। उनले यसलाई दलीय प्रतिबद्धता र निर्वाचनप्रतिको विश्वासको स्पष्ट संकेतका रूपमा व्याख्या गरे।

सरकारको तर्फबाट सुरक्षा रणनीति र व्यवस्थापनसम्बन्धी तयारीहरू अघि बढाइएको जानकारी दिंदै मन्त्री खरेलले निर्वाचन न्यामक, विश्वसनीय शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘अब हामी एक हिसाबले चुनावको थप माहोल बनाउन केन्द्रित छौँ। चुनावी वातावरण झन प्रगाढ र स्पष्ट हुँदै गएको छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077