Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकामा ह्वाइट हाउसनजिक गोलाबारी

अमेरिकामा ह्वाइट हाउसनजिक गोलाबारी

बिहिवार , मंसिर ११, २०८२

एजेन्सी । अमेरिकाको वासिङ्टन डीसी को अत्यन्त संवेदनशील क्षेत्र, ह्वाइट हाउसनजिकै बुधबार राति गोलाबारी भएको छ ।

डाउनटाउन इलाकामा भएको उक्त घटनामा दुईजना वेस्ट भर्जिनिया राष्ट्रिय गार्ड गम्भीर घाइते भएका छन्, साथै अन्य केही सर्वसाधारण पनि प्रभावित भएको प्रारम्भिक जानकारी आएको छ ।

गोलाबारी सुरू भएको केही मिनेटमै प्रहरी र संघीय सुरक्षा निकायहरूले क्षेत्र पूर्ण रूपमा घेराबन्दी गरे। सामान्य नागरिकलाई तत्कालै टाढा रहन चेतावनी दिइएको थियो।

अधिकारीहरूका अनुसार घटनास्थल उच्च सतर्कतामा राखिएको छ। वासिङ्टन डीसीकी मेयर मुरिएल बाउसेरले यो घटना कुनै आकस्मिक वा अव्यवस्थित गोलीबारी नभइ स्पष्ट रूपमा लक्षित आक्रमण भएको बताइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077