Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा १७ मंसिरमा, प्रमुख अतिथि कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा १७ मंसिरमा, प्रमुख अतिथि कुलमान घिसिङ

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेर खुलेको 'उज्यालो नेपाल पार्टी' को औपचारिक घोषणा मंसिर १७ गते गरिने भएको छ ।

आज पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार मंसिर १७ गते दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा घोषणा सभा गरिनेछ ।

विज्ञप्तिमा भनिएको छ- 'हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौँ । हामीसँग उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ । आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ । कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ ।'

कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री घिसिङ नै रहनेछन् ।

त्यस दिन उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077